दोस्रो पटक आमा बनिन् ४४ बर्षीया शिल्पा सेट्टी
खबर एक्सप्रेस
२०७६-११-१० ११:०० मा प्रकाशित
Total Shares: 366
काठमाडौं - बलिउड अभिनेत्री शिल्पा सेट्टी दोस्रो पटक आमा बनेकी छन् । फेब्रुअरी १५ मा सेरोगेसीको माध्यमबाट शिल्पा दम्पत्तिले छोरीलाई जन्म दिएका हुन् ।
४४ बर्षीय शिल्पाले बेबी गर्लको घरमा प्रवेश भएको आफ्नो ट्विटर मार्फत जानकारी गराएकी छन् । पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएका राज कुन्द्रा र शिल्पाले यस पटक छोरीलाई जन्म दिएको बताएका छन् ।
उनीहरुले छोरीको नाम समिशा शेट्टी कुंद्रा रहेको पनि सामाजिक सञ्जालबाटै घोषणा गरेका छन् ।
शिल्पा सन् २००९मा राज कुन्द्रासँग विवाह गरेकी थिइन् । त्यसको तीन वर्षपछि उनले छोरालाई जन्म दिएकी थिइन् ।
फेसबुक पेज Like गर्नुहोस