काठमाडौं-भारतमा एकै दिन ६ हजार जनाभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६ हजार ५० जनामा सङ्क्रमण पुष्टि भएको भारतका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन्।

यो सङ्ख्या पछिल्लो दुई सय तीन दिनयताकै उच्च हो। पछिल्लो २४ घण्टामा थपिएको सङ्ख्यासँगै भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २८ हजार ३०३ जना पुगेको छ।

यस्तै, भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १४ जनाको ज्यान गएको छ। पछिल्लो समय भारतमा कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन एक्सबीबी १.१६ फैलिरहेको छ। भारतमा गएको जनवरीमा पहिलो पटक यो भेरिएन्ट देखिएको हो।