काठमाडौं - बाढी आएको १०औं दिनमा दुई जनाको जीवितै उद्धार गरिएको त्रिशूली ३ ‘ए’ को सुरुङभित्र एकजना मृत अवस्थामा भेटिएका छन् ।

उद्धार टोलीले केही बेरअघि एकजनाको शव बाहिर निकालेको हो । उद्धारमा खटिएका सुरक्षाकर्मीले सुरुङमा एक शव फेलाा परेको जानकारी गराएका हुन् । 

मृतक व्यक्तिको पहिचान भने हुन बाँकी छ ।

यसअघि आज बिहान यहाँबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो । अहिले उद्धार कार्य जारी नै छ ।