‘एभेन्जर्स’ सँग काम गर्दै प्रियंका
काठमाडौं,एजेन्सी - भारतीय अभिनेत्री प्रियंका चोपडा हलिउड चलचित्र चलचित्र ‘इन्डिङ थिङ्स’ मा काम गर्ने भएकी छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनी अमेरिकन अभिनेता एन्थोनी म्याकीसँगै उक्त चलचित्रमा प्रमुख भूमिकामा देखिने भएकी हुन् ।
अभिनेता एन्थोनी मार्भल मुभिजको लोकप्रिय शृंखला ‘एभेन्जर्स’ का प्रमुख अभिनेता हुन् । त्यसमा उनले फाल्कनको भूमिका निर्वाह गर्दै आएका छन् । केभिन सुल्लीभानले निर्देशन गर्ने यो चलचित्र थ्रिलर जनराको हो । हलिउडमा अभिनेत्री प्रियंकाको यो दोस्रो ठूलो चलचित्र हो ।
यसअघि उनले ‘द म्याट्रिक्स रिसरेक्सन्स’ मा सतीको भूमिका निर्वाह गरेकी थिइन् । चलचित्रमा उनको छोटो भूमिका थियो । सन् २०१५ मा ‘क्वान्टिको’ सिरिजबाट उनको हलिउड प्रवेश भएको थियो । उनको पहिलो हलिउड चलचित्र भने सन् २०१७ मा रिलिज भएको ‘बेवाच’ हो ।
उनी पछिल्लो समय चलचित्र निर्माणमा समेत संलग्न छन् । प्रियंका अमेजनको सिरिज ‘सिटाडेल’, हलिउड चलचित्र ‘टेक्स्ट फर यु’ का साथै बलिउड चलचित्र ‘जी ले जरा’ मा समेत देखिँदै छन् ।
फेसबुक पेज Like गर्नुहोस