एकैचोटि पर्सामा ४३ जना कोरोनामुक्त, आइसोलेशन कक्ष खाली
खबर एक्सप्रेस
२०७७-०२-१२ ०८:४३ मा प्रकाशित
Total Shares: 353
वीरगन्ज - वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ४३ जना जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् ।
निको हुनेमा ४१ जना पुरुष रहेका छन् भने दुई जना महिला छन् । यसमध्ये ४२ जना पर्सा र १ जना सर्लाही जिल्लाको रहेका छन् । जसमा दुई जना पत्रकार पनि रहेका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १ सय ५५ पुगेको छ ।
पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए । ४३ जना डिस्चार्ज भएसँगै अहिले नारायणी अस्पतालको आइसोलेशन कक्ष खाली भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस