चेक बाउन्सको मुद्दामा अभिनेत्री अमीषा पटेललाई अदालतको पक्राउ पुर्जी
खबर एक्सप्रेस
२०७६-०६-२५ ११:०० मा प्रकाशित
Total Shares: 661
एजेन्सी - बलिउड अभिनेत्री अमीषा पटेललाई चेक बाउन्सको मुद्दामा अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
राँची अदालतले बलिउड अभिनेत्री अमिषा पटेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अमीषामाथि निर्माता अजय कुमारले साढे दुई करोड भारुका चेक बाउन्सको आरोप लगाएका हुन् ।
आरोप अनुसार, अजयले सन् २०१८ मा देसी मैजिक फिल्म बनाउनका लागि ३ करोड दिएका थिए । उनको आरोपलाई मान्ने हो भने पैसा फिर्ता माग्दा अमीषाले कुनै प्रतिक्रिया दिएकी थिइनन् । तर पछि अमीषाले अजयलाई साढे दुई करोडको चेक दिइन् । तर चेक बाउन्स भयो ।
फेसबुक पेज Like गर्नुहोस