एजेन्सी - बलिउडका महानायक अमिताभ बच्चनका फ्यानलाई खुसीको खबर सार्वजनिक भएको छ । अमिताभ ७६ वर्ष पूरा हुँदा पनि तमिलमा डेब्यु फिल्म प्रदर्शन हुने भएसँगै फ्यानलाई खुसी दिने भएका हुन् ।

अमिताभ बच्चन र मेगास्टार चिरञ्जिवी तमिल फिल्ममा सँगै देखिने छन् । दुई सुपरस्टारले अभिनय गरेको फिल्म ‘सई रा नरसिम्हा रेड्डी’को ट्रेलर सार्वजनिक भइसकेको छ । यो फिल्ममा अमिताभ बच्चन र चिरञ्जिवी गुरु र शिष्यका भूमिकामा हुने छन् । 

यो फिल्म पहिलो पटक ब्रिटिशविरूद्ध युद्ध सुरू गर्ने योद्धा उय्यालावादा नरसिंहा रेड्डीको कथा हो । फिल्ममा अमिताभ बच्चन नरसिंहाको गुरुका भूमिकामा देखिएका छन् । फिल्म २ अक्टुबरदेखि प्रदर्शन हुने छ । एजेन्सी