समाजवादी मोर्चाको बैठक आज बस्दै
खबर एक्सप्रेस
१३ घण्टा अगाडि
Total Shares: 34
काठमाडौं-विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक आज बस्दै छ ।
नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
यही चैत १५ गते काठमाडौँमा हुन लागिएको विरोध सभाको तयारीका लागि बैठक बस्न लागेको बताइएको छ । यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोध सभा स्थगित भएको छ ।
मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया राखिएको छ ।
फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन काठमाडौँमा विरोधसभा राखिएको नेताहरुले बताएका थिए ।
फेसबुक पेज Like गर्नुहोस