प्रेग्नेन्सीबारे प्रश्न गर्दा रिसाइन् दीपिका
काठमाडौं - बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला आगामी फिल्म 'छपाक'का कारण चर्चामा छिन् । उनी आजकाल फिल्मको प्रमोसनमा व्यस्त छिन् । उनी फिल्म प्रमोसनको लागि विभिन्न कार्यक्रम तथा इभेन्टहरू चाहर्दैछिन् ।
हालै एक मिडिया इन्टरेक्सनको क्रममा एक रिपोर्टरले उनीसँग प्रेग्नेन्सीबारे प्रश्न गर्दा उनी भड्किइन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार दीपिकालाई पत्रकारले एक इन्टरभ्युमा प्रेग्नेन्सीबारे प्रश्न सोधे । त्यसबारे दीपिका पादुकोणले भड्किँदै भनिन्, 'के म प्रेग्नेन्टजस्तो देखिएकी छु ? मैले फेमिली प्लानिङ गर्नेबेला तपाईंलाई सोधौं ? तपाईंले अनुमति दिएपछि म प्लानिङ गरुँ ? प्रेग्नेन्ट भएँ भने ९ महिनामा थाहा भइहाल्छ नि !'
फिल्म छपाक दिल्लीकी एसिड पीडित लक्ष्मी अग्रवालको जिन्दगीसँग प्रेरित छ । फिल्ममा दीपिका मालती नामकी युवतीको भूमिका निर्वाह गर्दैछिन् । उनीसँग विक्रांत मैसी पनि देखिँदैछन् ।
फेसबुक पेज Like गर्नुहोस