काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग सुदूरपश्चिम प्रदेशका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको छलफल जारी रहेको छ।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार केही दिन सुरु भएको हो ।
छलफलमा रास्वपाका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन्।
छलफलका क्रममा समसामयिक राजनीतिक अवस्था तथा सुदूरपश्चिमसँग सम्बन्धित विषयमा समेत विचार–विमर्श भइरहेको धानमन्त्रीको सचिवालयले जनाएको छ।

.gif)


