काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधान सेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता भएको हो ।
बालेन प्रधानमन्त्री नियुक्त भएपछि प्रधानसेनापति सिग्देलसँग भएको आजको यो चौथो नियमित भेट हो।
प्रधानमन्त्री शाहले हाल रक्षामन्त्रीको जिम्मेवारी समेत सम्हालिरहेका छन्।
दुई जनाबीच १०:५० देखि मा शुरु भएको भेटवार्ता हाल जारी छ ।
भेटका क्रममा देशको समग्र शान्ति–सुरक्षाको अवस्था, विकसित सुरक्षा चुनौती तथा आगामी रणनीतिका विषयमा छलफल भइरहेको बताइएको छ ।
यसअघि सुनसरी र मधेस प्रदेशका केही क्षेत्रमा देखिएको समुदायस्तरीय तनावका बीच साउन १४ गते राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो।

.gif)



