काठमाडौं - सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यममा राजनीतिक विषयमा कलम चलाउने पत्रकारहरूसँग आज अन्तरक्रिया गर्दैछन् ।
शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयस्थित सिंहदरबारमा अपराह्न ३ बजे आयोजना हुने कार्यक्रममा सूचना प्रवाहमा देखिएका समस्या, चुनौती, नीतिगत सुधार तथा सरकार र सञ्चारमाध्यमबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा खुला छलफल हुने मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

.gif)


