सुनसरी- सुनसरी घटनाका थप एक जना घाइतेको उपचारका क्रममा निधन भएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा आज निधन भएको हो ।
उनको शरीरमा गोली लागेको थियो । स्वास्थ्य स्थिति जटिल भएका कारण गोली निकालिएको थिएन ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अर्का एक जना घाइतेको वीरमा उपचार भइरहेको छ ।
गएको आइतबार सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सशस्त्र प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका थिए। घाइतेमध्ये जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएपछि सुनसरीका विभिन्न स्थानमा तोडफोड तथा आगजनीका घटना भएका थिए ।
देवानगञ्ज घटनाको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा पनि आन्दोलन र प्रदर्शन भएका थिए। यसक्रममा सिरहाको लहानमा प्रदर्शनका क्रममा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो ।
सुनसरीमा दुई र सिरहामा एक जना गरी तीन जनाको मृत्यु भएकोमा रवीन्द्रको मृत्युसँगै आन्दोलनमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

.gif)


