काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार शुकबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी तोलाको १ हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



