काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सुनसुरीको कप्तानगञ्ज घटनापछि सरकारको कदमप्रति प्रश्न उठिरहेको समयमा उनले बैठक बोलाएका हुन्। यद्यपी कुन विषयमा छलफल हुने भन्ने जानकारी गराएको छैन।बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।