काठमाडौं -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेल सँग शिष्टाचार भेटवार्ता गरेका हुन् 

राष्ट्रपति पौडेलको सचिवालयका अनुसार भेटका सुनसरीमा विकसित पछिल्लो घटनाक्रम तथा त्यस विषयमा छलफल गर्न आयोजित सर्वदलीय बैठकका बारेमा सभापति लामिछानेले राष्ट्रपतिलाई जानकारी गराएका छन्।

साथै, भेटमा सुनसरी घटनापछि सामाजिक सद्भाव कायम राख्ने, राजनीतिक दलहरूबीच समन्वय बढाउने तथा शान्तिपूर्ण वातावरण निर्माणका लागि भइरहेको पहलका विषयमा पनि छलफल भएको राष्ट्रपति सचिवालयले जनाएको छ।