'चपली हाइट–३' को टिजर सार्वजनिक
काठमाडौं - चैत्र २८ अर्थात् नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउने लागेको नेपाली कथानक चलचित्र ुचपली हाइट–३ु को टिजर सार्वजनिक भएको छ । १ मिनेट ४३ सेकेण्डको टिजर हेर्दा चलचित्र सस्पेन्स तथा थ्रिलर जनरामा निर्माण भएको चलचित्रको टिजर पनि सस्पेन्स नै छ ।
चलचित्रमा चर्चित नायिका स्वस्तिमा खड्का, नायक अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ ।उक्त चलचित्र अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो । जहाँ अर्पण थापालाई भिन्न अवतारमा प्रस्तुत गरिएको छ ।
आकाश बरालको पटकथा तथा संवाद रहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । चलचित्र सम्पादनको काम दिर्घ खड्काले गरेका छन् ।चलचित्रलाई निकेश खड्काले निर्देशनमा गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस