काठमाडौं - सलमान खानको हालसालै रिलीज भएको दबंग ३ ले नयाँ वर्ष २०२० को पहिलो दिन बुधबार पाँच करोड ६० लाख कमाई गरेको छ । नयाँ वर्षको कमाईसँगै दबंग ३ को अहिलेसम्मको अम्दानी दुई सय १२ करोड पुगेको छ । 

जनवरी १ मा दबंग ३ ले पाँच करोड ६० लाख आम्दानी गरेको बक्स अफिस इन्डिया डट कमले जनाएको छ । जनवरीको चौथो हप्तापछि फिल्म कम चल्ने अनुमान गरिएको छ ।