रहिनन् रेडियो नेपालकी प्रथम गायिका रानुदेवी
खबर एक्सप्रेस
२०७७-०१-१९ ०८:०५ मा प्रकाशित
Total Shares: 357
काठमाडौं - रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ ।
२७ नोभेम्बर १९३६ मा वीरगञ्जमा जन्मिएकी उनको बाल्यकाल भारतकाे बनारसमा बितेकाे थियो । सानैदेखि शास्त्रीय गायनमा सक्रिय रानुदेवीले पहिलोपटक २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् ।
२००७ सालमा रेडियो नेपाल स्थापना भएपछि काठमाडाैँ आएर सिंहदरबारबाट अधिकारीले केही गीतहरु गाएकी थिइन्। त्यसपछि कोलकत्ता गएर ६ वटा गीतहरू रेकर्ड समेत गरेकी थिइन् ।
फेसबुक पेज Like गर्नुहोस