मोदीको ‘भारतकी लक्ष्मी’ अभियानमा दीपिका पादुकोणको साथ
खबर एक्सप्रेस
२०७६-०७-०९ ११:०० मा प्रकाशित
Total Shares: 772
एजेन्सी - अभिनेत्री दीपिका पादुकोणसँग विश्व ब्याडमिन्टन च्याम्पियन पी.भी. सिन्धुले प्रधानमन्त्री नरेन्द्र मोदीको अभियान ‘भारतकी लक्ष्मी’मा प्रतिनिधित्व गर्ने छन् ।
पादुकोण र सिन्धुले सोासल मिडियामा एक भिडियो पोष्ट गरे । जसमा उनीहरुले उक्त पहलको बारेमा कुरा गरेका छन् । जुन देशभरिका महिलाहरूले गरेका सराहनीय कार्यलाई प्रकाश पार्ने लक्ष्य राखेका छन् ।
मंगलबार मोदीले ट्वीट गरे, ‘भारतको नारी शक्ति महिला शक्ति प्रतिभा र दृढता, दृढ संकल्प र समर्पणको प्रतीक हो । हाम्रो नीतिशास्त्रले हामीलाई सँधै महिला सशक्तिकरणका लागि प्रयास गर्न सिकाएको छ ।’
फेसबुक पेज Like गर्नुहोस