खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ
खबर एक्सप्रेस
२०८०-०१-१० ११:२५ मा प्रकाशित
Total Shares: 133
काठमाडौं,एजेन्सी - ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । उनलाई पञ्जाब प्रहरीले भारतबाटै पक्राउ गरेको हो ।
पञ्जाब प्रहरीले आफ्नो ट्विटरबाट यसको पुष्टि गर्दै अमृतलाई पञ्जाबको मोगाबाट गिरफ्तार गरिएको जनाएको छ । प्रहरीले नागरिकहरूसँग शान्ति र सद्भाव कायम राख्न अनुरोध गरेको छ ।
शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका छन् ।
फेसबुक पेज Like गर्नुहोस