'तानाजी’ बन्यो यो वर्षको २ सय करोड क्लबमा प्रवेश गर्ने पहिलो फिल्म
खबर एक्सप्रेस
२०७६-१०-११ ११:०० मा प्रकाशित
Total Shares: 436
एजेन्सी - अजय देवगनको फिल्म ‘तानाजीः द अनसंग वारियर’ले बक्स अफिसमा झण्डा गाढिरहेको छ । फिल्मले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिरहेको छ ।
फिल्मले राम्रो प्रतिक्रियाहरु प्राप्त गरेकाे छ । ट्रेड एनालिस्ट तरण आदर्शले यस कुराको जानकारी दिएका हुन् । उनका अनुसार तानाजीले २ सय करोड क्लबमा प्रवेश गरेको छ । यसका साथै यो वर्षको २०० करोड क्लबमा प्रवेश गर्ने पहिलो फिल्म पनि बनेको छ
फिल्मले १५ औं दिनमा आएर २ सय करोड क्लबमा प्रवेश गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस