काठमाडौं - नेपालमा आज थप १५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार दैलेखका ८, कैलालीका २, दार्चुलाका १, स्याङ्जाका ३, नवलपुरका १, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, मकवानपुरका १, बर्दियाका ३, बाँकेका १, झापाका २५, सर्लाहीका ७, सिरहाका ६, रौतहटका २०, दोलखा २, सोलुखुम्बुका १, बझाङका १ र सुर्खेतका १३ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुगेको छ । जसमा ५ जनाको मृत्यु भएको छ भने निको भएर घर फर्किनेको संख्या १८७ पुगेको छ ।

 वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।  त्यस्तै कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६ देखि ४२ वर्षका २५ जना पुरुषमा संक्रमण भेटिएको छ । संक्रमित सबै झापाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुरका १ जना पुरुषमा कोरोना भेटिएको छ । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७७ जनामा कोरोना पुष्टी भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । संक्रमण पुष्टी हुनेमा धनुषाका ४ वर्षकी बालिका र ८ वर्षका बालकसहित २९ जना रहेका छन् । 

त्यस्तै महोत्तरीका १७ जना रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका तीन जनामामा पनि संक्रमण भेटिएको छ । त्यस्तै सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिराहाका ६ जना, दोलखाका २ जना र सोलुखुम्बुका १ जनामा पनि कोरोना पुष्टी भएको छ । 

त्यस्तै प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा संक्रमण भेटिएको छ । सुर्खेतका १३ जना, दैलेखका ८ र बझाङका १ जनामा संक्रमण भएको हो ।

 एक जना बोल्न नसक्ने महिलामा संक्रमण भएको जानकारी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रादेशिक प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा स्याङजाका ३ जनाको कोरोना पोजेटिभ आएको छ । सेती अस्पतालको प्रयोगशालामा दार्चुलाका एक र कैलालीका २ गरी ३ जनामा संक्रमण भेटिएको छ । 

किटजन्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा मकवानपुरका एक जनामा संक्रमण पाइएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका १ गरी चार जनामा संक्रमण भएको छ ।

 धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै कोरोना संक्रमतिको संख्या १ हजार ४२ पुगेको छ । नेपालमा ५१ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । हिजो नारायणी अस्पतालबाट २७ देखि वर्षका पर्साका ४ जना डिस्चार्ज भएका छन् ।