एजेन्सी - साउदी अरबको सायबाह तेल खानी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी नागरिकको मृत्यु भएको छ । घटनामा पाकिस्तानी र भारतीय नागरिक पनि घाइते भएका छन् ।

साउदी अरबको पूर्वी प्रान्तस्थित सायबाह तेल खानी क्षेत्रमा रहेको साउदी अरामकोको प्रशोधन केन्द्रलाई लक्षित गरी बुधबार ड्रोन आक्रमण भएको थियो।

साउदी ऊर्जा मन्त्रालयका अनुसार प्रशोधन केन्द्रतर्फ आएको ड्रोनलाई हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो।

त्यस क्रममा खसेको ड्रोनको भग्नावशेषले प्रशोधन केन्द्रको बाहिरी परिसरमा रहेको ठेकेदार कम्पनीको गाडीमा आगलागी भएको थियो।

मन्त्रालयले उक्त घटनामा एक नेपाली र एक फिलिपिनो नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक रहेका छन्। मृतक नेपालीसहित दुवै जनाको पहिचान भने सार्वजनिक गरिएको छैन।