काठमाडौं - सुर्खेत र स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिएका हुन्। टेकु प्रयोगशालामा गरिएको परीक्षणका क्रममा महोत्तरीका दुई जना, जुम्ला घर भई बारामा काम गरिरहेका २ जना र बाराकै थप तीन जनामा संक्रमण पुष्टि भएको छ। 

त्यस्तै रौतहटका २२ जनाम संक्रमण पुष्टि भएको छ। सिराहा जिल्लाका ५ जनामा समेत संक्रमण पुष्टि भएको छ। टेकुमै गरिएको परीक्षण अनुसार धनुषाका एक जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

त्यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जनामा संक्रमण पुष्टि भएको छ। रुपन्देहीको प्रयोगशालामा भएको परीक्षणका क्रममा सात जनालाई संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये कपिलवस्तु, गुल्मी, अर्घाखाँचीका २/२ जना र रुपन्देहीका एक जना रहेका छन्। 

सेती अस्पतालमा गरिएको परीक्षणका क्रममा कैलाली र अछामका एक/एक जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै पोखरामा भएको परीक्षणका क्रममा स्याङजा वालिङका दुई जनामा संक्रमण पुष्टि भएको छ। 

त्यस्तै सुर्खेत प्रयोगशालामा भएको परीक्षणका क्रममा सुर्खेतकै १२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै दाङमा भएको परीक्षणका क्रममा कपिलवस्तुका दुई वर्षिया बालिकासहित २४ जनालाई संक्रमण पुष्टि भएको छ। 

नेपालमा हालसम्म कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ भने १५५ जना उपचारपछि निको भइसकेका छन्।