एनसेलले सरकारलाई बुझायो १४ अर्ब ३३ करोड, पुँजीगत लाभकरको दायित्व पूरा
खबर एक्सप्रेस
२०७६-१२-३० ०३:५५ मा प्रकाशित
Total Shares: 346
काठमाडौं - दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले आइतवार सरकारलाई सम्पूर्ण पुँजीगत लाभकर बुझाएको छ । एनसेलले सरकारलाई १४ अर्ब ३३ करोड रुपैयाँ लाभकर बुझाएको हो । यससँगै एनसेलको लाभकरसँग सम्बन्धि सबै दायित्व पूरा भएको छ ।
दुई साताअघि दोस्रो किस्ता बापत् चार अर्ब ६० करोड बुझाएको एनसेलले आइतवार बाँकी सबै रकम बुझाएको हो । यससँगै एनसेलले सरकारलाई कुल पुँजीगत लाभकरवापत २३ अर्ब १६ करोड रुपैयाँ बुझाएको छ ।
यस्तै, एनसेलले केही दिन अघिमात्रै सरकारले खडा गरेको कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ सहयाेग गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस