काठमाडौं - रसुवालगायत बाढी प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै बाढी प्रभावितका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग जुटाइरहेको जानकारी दिए।

उनका अनुसार बुधबारसम्म राहत कोषमा ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ। त्यसमध्ये मंगलबार मात्रै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडीआरआरएमए० लाई १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।

उक्त रकममध्ये ६ करोड ७५ लाख रुपैयाँ रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा स्थानीय तहमा निकासा भइसकेको प्रधानमन्त्री शाहले बताए।

निकासा गरेपछि हाल राहत कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको छ।

यस्तै, कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर समेत जम्मा भएको प्रधानमन्त्री शाहले जानकारी दिए।

यस्तो छ प्रधानमन्त्रीले प्रतिनिधिसभामा गरेको सम्बोधनको (पूर्णपाठ) :