काठमाडौं - सरकारले आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमबा लागि ११ अर्ब ६० करोड बजेट छुट्याएको छ।

यस वर्ष विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ ले श्रम बजारमा पारेको प्रत्यक्ष प्रभावलाई मध्यनजर गर्दै सरकारले बजेट निर्धारण गरिएको अर्थ मन्त्री युवराज खतिवडाले बताए।

चालु आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले ११ अर्ब ६० करोड बजेट छुट्याएको थियो। सो रकम मध्ये श्रम मन्त्रालयले कार्यक्रम सञ्चालन गर्न स्थानीय तहहरुलाई शसर्त अनुदान स्वरुप २ अर्ब रकम हस्तान्तरण गरिसकेको छ। तर कोरोनाका कारण सबै स्थानीय तहमा काम सुरु गर्न भएको छैन।