रसुवा - लाङटाङ खोला जलविद्युत् आयोजनाभित्र फसेका दुई जना कर्मचारीको शव भेटिएको छ।
रसुवामा परीक्षण सञ्चालन भइरहेको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढीपछि सम्पर्कविहीन भएका दुई जनाको शव सुरुङभित्रबाट निकालिएको हो।
आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार खोज तथा उद्धारमा खटिएको टोलीले सुरुङभित्रबाट दुईवटा शव निकालेको हो।
शवको सनाखतलगायतका प्रक्रिया भने बाँकी रहेको उनले बताए।
अहिले हाइड्रो–मेकानिकल इन्जिनियरसहितको टोली सुरुङभित्र करिब १५० मिटर भित्रसम्म प्रवेश गरेर खोज तथा उद्धारमा जुटिरहेको छ।
नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाको प्राविधिक टोलीको सहयोगमा सुरुङभित्र फसेकाको खोजीका लागि दुई ठाउँबाट प्वाल बनाएर उद्धार प्रयास भइरहेको छ।
लाङटाङ क्षेत्रमा अझै ३९ जना सम्पर्कविहीन छन् भने १९ जनाको उद्धार भइसकेको छ।

.gif)


