टिचिङ अस्पतालमा कार्यरत ३८ जनालाई क्वारेन्टाइमा राखियो
खबर एक्सप्रेस
२०७७-०२-०१ १२:४६ मा प्रकाशित
Total Shares: 388
काठमाडौं - त्रिवि शिक्षण (टिचिङ) अस्पताल, महाराजगञ्जमा कार्यरत ३८ जनालाई क्वारेन्टाइमा राखिएको छ । अस्पताललमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरसको संक्रमण देखिएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको बालिकालाई न्यूरो वार्डमा राखेर उपचार गरिएको थियो । उनमा कोरोना देखिएपछि न्यूरो वार्डमा रहेका पाँच जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ ।
उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौँ ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ।
फेसबुक पेज Like गर्नुहोस