७.६६ अंक घट्यो नेप्से
खबर एक्सप्रेस
६ घण्टा अगाडि
Total Shares: 27
काठमाडौं-मंगलबार सेयर बजार २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.६६ अंक घटेर २६९७ अंकमा कायम भएको हो ।
बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ३४ करोडमा खुम्चियो ।
८६ कम्पनीको मूल्य बढ्दा १५२ को घट्यो भने ५ को स्थिर रह्यो । अन्यबाहेक सबै सेक्टरका सूचक घटे । सो सेक्टर ०।११ प्रतिशत बढ्यो ।
घटेका सेक्टरहरुको गिरावट दर १ प्रतिशतमुनि नै रह्यो ।
फेसबुक पेज Like गर्नुहोस