गान्धीको अहिंसाको बाटो अनुसरण गर्न देउवाको आग्रह
काठमाडौं - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गान्धीले देखाएको अहिंसाको बाटोलाई अनुशरण गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गान्धीले देखाएको अहिंसाको बाटोबाटै अघि बढेर मुलुकलाई अघि बढाउन सकिने पनि स्पष्ट पारे । १५० औं गान्धी जयन्तिको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गान्धीलाई विश्वकै दूरदर्शी महान नेताको रुपमा चित्रण गरे । गान्धीको अहिंसावादी दर्शनले नै नेपालको पनि उन्नति हुने उनको भनाइ थियो ।
गान्धीले अहिंसाको बलमा तत्कालीन अंग्रेज शासकलाई भारतबाट हटाएर विश्वलाई नै नयाँ दर्शन दिएको सभापति देउवाको भनाई थियो ।
कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गान्धीवादको प्रभाव नेपाल र विश्व राजनीतिमै परेको बताएका थिए । उनले नेपालमा प्रजातन्त्रको स्थापनामा पनि गान्धीवादको ठूलो आर्शिवाद रहेको स्पष्ट पारे । काँग्रेस नेता पौडेलले गान्धीवादले विश्वलाई नै शान्तिको सन्देश दिईरहेको पनि उल्लेख गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस