संवैधानिक नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
खबर एक्सप्रेस
२०७८-०३-१६ ०५:०६ मा प्रकाशित
Total Shares: 281
काठमाडौं - संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । राष्ट्रपतिले असार १० गते गरेको नियुक्ति बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गराएका हुन् ।
रिट निवेदनमा अधिवक्ता त्रिपाठीले राष्ट्रपति कार्यालयबाट नियुक्ति गरिएका संवैधानिक नियुक्ति पाएकाहरुलाई काम गर्न नदिन नगराउन अन्तरिम आदेशको समेत माग गरेका छन् ।
संवैधानिक परिषदले गत वैशाख २६ गते लोकसेवा आयोगको अध्यक्षसहितका पदाधिकारी र अरु संवैधानिक निकायका पदाधिकारी गरी २० जना नियुक्तिको सिफारिस गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस