काठमाडौं मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव हुनुको साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको छ ।

देशको पुर्वी र मध्य भू-भाग तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रही वाकी भू-भागमा आंशिक बदली रहेको छ।पुर्वी र मध्य भू-भागको केहि स्थानहरुमा वर्षा भइरहने जनाइएको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केहि स्थानमा र मध्य र पूर्वी भूभागका थेरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती भने पश्चिमी पहाडी भू-भाग तथा मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही वाँकी भू-भागमा आंशिक बदली रहीनेछ । मध्य र पूर्वी भूभागका थोरै स्थानमा र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।