मन्त्रीमण्डल हेरफेरबारे मलाई नसोध्नुहोस : प्रचण्ड
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल हेरफेरका बारेमा आफूलाई प्रश्न नगर्न आग्रह गरेका छन् । मन्त्रीमण्डल हेरफेर गर्ने काम प्रधानमन्त्रीको भएको र यसबारेमा उहाँले चाहेको बेलामै हुने बताएका हुन ।
मन्त्रीपरिषद फेरबदलको हाल्ला बारम्बार आएपछि सत्तारुढ दलका अध्यक्ष प्रचण्डले यसबारे आफूलाई प्रश्न नसोध्न आग्रह गरे । पार्टीको कामको शिलशिलामा आइतबार विराटनगर पुगेका प्रचण्डले यस्तो कुरा जहेर गरेका हुन । कही महीनाअघि मात्र विराटनगरमै भएको एक कार्यक्रममा उनले केही दिनभित्रै मन्त्रीमण्डलको हेरफेर हुने बताएका थिए ।
उनलेले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनको कुरा मलाई नसोध्नूस् न, यसले हैरान बनायो ।’अध्यक्ष प्रचण्डले मुलुकमा उच्छुङ्खलता र अराजकता बढेकाले सचेत रहन आग्रह गरे । ‘व्यवस्थाविरुद्ध नै खतरा आएको त होइन । तर मुलुकमा अराजकता र उच्छृङ्खलता बढेको देखियो । त्यसको प्रतिपादन राजनीतिक दलहरूले र सरकारले पनि गर्नुपर्छ । यसमा सदनमा भएका राजनीतिक दलहरू पनि सहमत छन्,’ उनले भने ।
उनले आफूले भौतिक प्रतिवादमा उत्रन निर्देशन नदिएको पनि स्पष्ट पारे । ‘यसको राजनीतिक, वैचारिक, सांस्कृतिक ढङ्गले प्रतिवाद गर्नुपर्छ । यो प्रवृत्तिलाई परास्त गर्नुपर्छ, प्रतिवादको अर्थ प्रतिकार होइन,’ उनको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले सरकार र पार्टीको कामको समीक्षा गरिरहेकाले नयाँ शिरबाट गतिदिन प्रयास गरिराखेको बताए । ‘आउने समयमा परिणाम देखिन्छन्,’ उनले भने । उनले प्रधानमन्त्रीको स्वास्थ्यअवस्था सामान्य रहेको र काम गर्न शुरू गरिसकेको उनको भनाइ थियो ।
‘अस्ति देखिहाल्नुभयो, संविधान दिवसको दिन साढे पाँच घण्टा खट्नुभयो,’ उनले भने । आधाआधा कार्यकाल प्रधानमन्त्री चलाउने पार्टीको पूर्वसहमतिमा भने उनले पार्टीले निर्णय गरेबमोजिम हुने मध्यमार्गी जवाफ दिए । ‘अहिले हामी यो विषयमा प्रवेश गरेका छैनौँ । पार्टीलाई एकतावद्ध बनाउने, विकास निर्माणका काममा गति दिने कुरा भएको छ । हिजो संसदीय दलको बैठक बसेको थियो । त्यहाँ पनि उच्छृङ्खलता बढेको र सुशासनमा भएका कमीकमजोरीबारे छलफल भयो,’ उनले भने ।
फेसबुक पेज Like गर्नुहोस