काठमाडौं - काठमाडौँस्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकाे छ।

बाढी पूर्वानुमान महाशाखाले जलसतह पार गरेको भन्दै नदी आसपासको क्षेत्र र डुबान भइरहने ठाउँका बासिन्दालाई उच्च सतर्क रहन आग्रह गरेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।

साथै भारतको उत्तर प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको महाशाखाले जनाएकाे छ।