काठमाडौं - बाग्लुङमा भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार बिहान सबेरै ३ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।

बाग्लुङको बंगादोभान आसपास केन्द्रविन्दु भएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।