काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आज नेपाल हस्तकला महासंघका पदाधिकारी तथा प्रतिनिधिहरूसँग हस्तकला क्षेत्रको विकास, प्रवर्द्धन र निर्यात विस्तारका विषयमा छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने छलफलमा हस्तकला उद्योगको वर्तमान अवस्था, उत्पादन तथा बजार विस्तार, निर्यात प्रवर्द्धन तथा यस क्षेत्रले भोगिरहेका समस्या र समाधानका उपायबारे विचार–विमर्श हुने जनाइएको छ।