काठमाडौं - भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि राहत सामग्री लिएर कोरियन एयर फोर्सको जहाज काठमाडौं आइपुगेको छ ।

बुधबार बिहान उक्त जहाज विपद्पछिको उद्धार तथा राहतका लागि आवश्यक सामग्री र फरेन्सिक ल्याबका उपकरणसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।