काठमाडौं - देशका हिमाली क्षेत्रमा शनिबार दिउँसो आंशिक बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको महाशाखाले जनाएको छ।

शनिबार राति कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बादल लाग्नेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार बिहानपख काठमाडौं उपत्यका, खोँच तथा तराई भूभागका थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।