काठमाडौं - प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका छन्।
चीन भ्रमण सकेर फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका छन्।
बेइजिङमा आयोजित १३औँ बेइजिङ सियाङसान फोरममा समेत सहभागी हुन गएका सिग्देलले चीनको सैन्य नेतृत्वसँग नेपाल–चीन सैनिक सम्बन्ध तथा आपसी हितका विषयमा छलफल गरेका थिए।
भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चिनियाँ रक्षामन्त्री तथा उच्च सैनिक अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।
उनले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू)सहित विभिन्न सैनिक तालिम तथा शिक्षण संस्था र सैन्य एकाइको निरीक्षण भ्रमणसमेत गरेका थिए।
भ्रमणले नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय तथा सैनिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ।
सिग्देल एक साताको औपचारिक भ्रमणका लागि भदौ २८ गते चीन प्रस्थान गरेका थिए ।
प्रधानसेनापति सिग्देल चीनमा रहँदा बलाधिकृत रथी केसीले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए ।

.gif)



