आज कांग्रेसको बैठक बस्दै
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज ९बिहिबार० बस्दै छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बुधबार बैठक स्थगित गरिएको थियो ।
नेता पौडेलमा ग्यास्टिकलगायतका समस्या देखिएपछि उनले बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका थिए ।
बैठकमा पार्टीका भातृ तथा शुभेच्छुक संस्थाबारे छलफल गर्ने एजेन्डा रहेको नेताहरूले बताएका छन् । कांग्रेसका सबै भातृसंस्था विधानअनुसार समय सकिएपछि यतिबेला निस्त्रिmय अवस्थामा छन् । यसबारे आज बस्ने बैठकमा गहन छलफल गर्ने कार्यसूची छ ।
आज छलफल हुने विषय -
– दोस्रो चरणको राष्ट्रिय जागरण अभियानबारे
–एकता प्रक्रियामा आएका विजय कुमार गच्छदार समूहका नेताहरुको जिम्मेवारी तोक्नेबारे
फेसबुक पेज Like गर्नुहोस