काठमाडौं - नेपाल बजार बिक्री प्रतिनिधि संघले विभिन्न उद्योग प्रतिष्ठानहरुमा कार्यरत बजार प्रतिनिधि कसैको पनि तलब, पारिश्रमिक कटौती नगर्न अनुरोध गरेको छ ।

नेपाल बजार बिक्री प्रतिनिधि संघले विभिन्न कम्पनीमा आवद्ध रहेका बजार प्रतिनिधिको सेवा सुबिधा कटौती नगर्न  सम्बन्धित सबैलाई  ध्यानाकर्षण गराएको हो ।

नेपाल बजार प्रतिनिधि संघ बजार प्रतिनिधिहरुको हकहितमा काम  संस्था हो । संघका अध्यक्ष सुर्य पराजुलीले एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेका छन्  ।

विज्ञप्ति सहित