काठमाडौं - समाजवादी पार्टीले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने भएको छ ।

मंगलबार उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएसँगै बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो । उक्त निर्णय गर्नका लागि समाजवादी पार्टी बुधबार बिहान ११ बजे पार्टी पदाधिकारीको बैठक बोलाएको छ ।

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यसको संकेत मंगलबार नै गरेका थिए । उनले आजको रिहर्सल मात्रै भएको र रियल नाटक बुधबार देख्न पाइने बताएका थिए ।

सरकारलाई दिएको मसर्थन फिर्ता लिएका घोषणा गर्न समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बुधबार दिउँसो २ बजे सिंदरमा रहेको दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

समाजवादी पार्टीले समर्थन फिर्ता लिएसँगै ओली नेतृत्वको सरकारले दुई तिहाई बहुमत गुमाउने छ भने संसदबाट विश्वासको मत समेत लिनुपर्नेछ ।