प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचिकृत
खबर एक्सप्रेस
२०७७-०५-०७ ०३:३५ मा प्रकाशित
Total Shares: 833
काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर सूचिकृत भएको छ ।
नेप्सेको अनुसार प्राइम लाइफको १२ दशमलव ५ प्रतिशत बोनस शेयर अर्थात २५ लाख ९ हजार ९२५ कित्ता शेयर सूचिकृत भएको हो । साधारण सभाका लागि कम्पनीले असार १९ गते बुकक्लोज गरेकाले १८ गतेसम्म कायम रहेका शेयरधनीले मात्र उक्त बोनस पाउनेछन्।
गत असार २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस