काठमाडौं - प्रहरीले करिब २० करोड रुपैयाँ बराबरको कोकिनसहित दुई विदेशी महिलालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोले ठमेलस्थित एक होटलबाट कोलम्बियन नागरिक ६२ वर्षीया योन्थ ग्राजोन क्यासिडो र भारतीय नागरिक ३७ वर्षीया रेबिका पुलीलाई पक्राउ गरेको हो।