आजदेखि रमजान पर्व सुरु
काठमाडौं - इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान सुरु भएको छ ।
एक महिनासम्म चल्ने यो पर्वमा इस्लाम धर्मावलम्बी दिउँसो निराहार बस्छन् । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी संवत् १४४० हो भने रमजान महिना, नवौँ महीना हो ।
दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु यो महीनाको ठूलो विशेषता हो । नबालक, बिरामी, रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । रमजानमा नमाज लगायत सवै धार्मिक काम घरभित्रै बसेर पूरा गर्न मुश्लिम आयोग र अगुवाहरुले आग्रह गरेका छन् ।
मुस्लिम आयोगले रमजान पर्वमा मस्जिदमा भेला नभई घरमा नै बसी इवादत गर्न र नवाज पढ्न मुस्लिम समुदायलाई आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले रमजान अवधिभर घरमै बसेर नवाज पढ्न आग्रह गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस