काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन्। देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति पौडेलले मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर पूजाआराधना गरेका हुन् । राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनले जाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए । राष्ट्रपति पौडेललाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।
यसअघि सोमबार राष्ट्रपति पौडेल भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरी काठमाडौं फर्किएका थिए। उनले बाढी प्रभावित तथा पीडितहरूसँग भेटघाट गरी उनीहरूका गुनासा र समस्या समेत सुनेका थिए।
काठमाडौं फर्किएर सोमबार दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गरेका थिए। राष्ट्रपति पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको पीडा अत्यन्त गहिरो रहेको बताउँदै यस्तो अवस्थामा प्रभावित नागरिकलाई सरकारको साथ र भरोसा आवश्यक रहेको बताएका थिए।

.gif)


