पोखरा - कास्की क्षेत्र नम्बर २ मा नेकपा उम्मेदवार विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । प्रतिनिधिसभा सदस्यका लागि १४ मंसिरमा हुने उपनिर्वाचनका लागि भट्टराईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् ।विद्या दिवंगत पर्यटनमन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् ।

कास्की २ बाट निर्वाचित अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा उनकै पत्नी विद्यालाई नेकपाले टिकट दिएको थियो ।