किन भाइरल भयो आलिया र रणवीरको यो फोटो ?
खबर एक्सप्रेस
२०७६-०६-१२ ११:०० मा प्रकाशित
Total Shares: 1316
काठमाडौं - बलिउड अभिनेता रणवीर कपुरले हिजो शनिवार आफ्नो ३७ औं जन्मदिन मनाएका छन् ।
यो खास अवसरमा उनले आफ्नो फिल्म जगतका केही नजिकका साथीहरुसंग मनाउने निर्णय गरेका थिए । रणवीरले आफ्नो जन्मदिनका अवसरमा आफ्नै घरमा पार्टी राखेका थिए ।
पार्टीमा उनले आलियासंग बसेर खिचेको एउटा फोटो अहिले सामाजिक सञ्जालमा भाईरल भैरहेको छ । जसमा रणवीर आफ्नी आमा नीतू र आलियाको साथमा नजर आएका छन् । उक्त तस्वीरलाइ मानव मंगलानीले आफ्नो इंस्टाग्राम अकाउंटमा शेयर गरेकी छिन् ।
सो अवसरमा बलिउड अभिनेत्री दीपिका पादुकोण पनि आफ्ना श्रीमान रणवीर सिंहसंग आएकी थिइन् । उक्त पार्टीमा सुपरस्टार शाहरुख खान र आमिर खान पनि उपस्थित भएका थिए ।
फेसबुक पेज Like गर्नुहोस